३० असोज २०८३ English
English

चाडपर्वका लागि डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वका लागि डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने
तस्बिर: नेपाल प्रेस

नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा दिनमा रकम जम्मा गर्न पाइने संख्याको सीमा बढाएको छ।

यसअघि वालेटमा दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न पाइन्थ्यो। अब यो सीमा ५ गुणाले बढेर दिनको ५० पटक पुगेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आउँदै गरेका ठूला चाडपर्वलाई ध्यानमा राखेर वालेट सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायकहरूलाई यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। यो सीमा अस्थायी रूपमा बढाइएको हो।

चाडपर्वमा डिजिटल भुक्तानीको प्रयोग बढ्ने भएकाले वालेट प्रयोगकर्ताले दिनमा धेरै पटक रकम जम्मा गर्न सकून् भन्ने उद्देश्यले सीमा बढाइएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार