२९ असोज २०८३ English
English

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ।

असोज १८ गतेदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा २३ गते मतदान भएको थियो। त्यसयता मतगणना निरन्तर जारी छ।

मधेशी खुला केन्द्रीय सदस्यतर्फ ३९ सय मत गणना हुँदा अनिल रुङ्गटा २ हजार १ सय ५५ मतसहित पहिलो स्थानमा छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार