२९ असोज २०८३ English
English

तिब्बती भाषा पढाउन भनी भारत लगिँदै गरेका हुम्लाका २५ बालबालिका बनबासाबाट फर्काइए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिब्बती भाषा पढाउन भनी भारत लगिँदै गरेका हुम्लाका २५ बालबालिका बनबासाबाट फर्काइए
तस्बिर: अनलाइनखबर

तिब्बती भाषा पढ्न भारतको देहरादुन लगिँदै गरेका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ।

ती बालबालिका हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका हुन्। पञ्चपविर बुढाले उनीहरूलाई कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए।

बालबालिका बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो।

दसैँ–तिहारका बेला गड्डाचौकी नाका हुँदै भारत र नेपालबीच आवतजावत गर्नेको भीड बढेका बेला यो घटना भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार