२९ असोज २०८३ English
English

चितवन–मुग्लिनका १७ होटेलमध्ये एउटा मात्र 'अति उत्तम'

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चितवन–मुग्लिनका १७ होटेलमध्ये एउटा मात्र 'अति उत्तम'

YouTube मा सब्स्क्राइब

पृथ्वी राजमार्गको चितवन–मुग्लिन खण्डमा अनुगमन गरिएका १७ वटा होटेल तथा रेस्टुरेन्टमध्ये एउटाले मात्र ‘अति उत्तम’ स्तर पाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र डिभिजन कार्यालय चितवनको संयुक्त टोलीले रामनगर, जुगेडी, दासढुङ्गा र मुग्लिनका होटेल निरीक्षण गरी स्वच्छता र गुणस्तरका आधारमा स्तरीकरण गरेको हो। टोलीले होटेलहरूलाई स्तरअनुसार लोगो र स्टिकर दिएको छ।

मुग्लिनको इच्छाकामना–५ स्थित ‘दाल भात पावर’ खानाको गुणस्तरमा सर्वोत्कृष्ट ठहरिँदै तीन तारे स्टिकर पाएको छ। यसअघि धादिङको ठाक्रे, धुनिबेसी र गल्छीका १७ होटेलको अनुगमनमा १४ वटाले पहेँलो स्टिकर पाएका थिए। धादिङमा दुई होटेलले दुई तारासहितको हरियो स्टिकर र एउटाले एक तारासहितको ‘सन्तोषजनक’ स्टिकर पाएका थिए।

बासी खाना, फोहोर र चर्को मूल्यबारे यात्रुको गुनासो बढेपछि पूर्वाधार विकास मन्त्रालयको बैठक र यातायात व्यवस्था विभागको असोज २७ गतेको सूचनाअनुसार अनुगमन गरिएको हो।

स्रोत

सम्बन्धित समाचार