२९ असोज २०८३ English
English

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाली राजदूतको शिष्टाचार भेट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाली राजदूतको शिष्टाचार भेट

YouTube मा सब्स्क्राइब

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि इन्डोनेसियाकी नवनियुक्त गैरआवासीय राजदूत लिस्त्योवातीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा छलफल भएको छ। मन्त्री खनालले राजदूतलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नेपालमा सफल कार्यकालको शुभकामना दिनुभएको छ।

उहाँले दुई देशबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै आर्थिक, व्यापारिक तथा जनस्तरको सम्बन्ध अझ माथि पुर्‍याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। राजदूत लिस्त्योवातीले दुई देशको ऐतिहासिक सम्बन्ध अझ गहिरो बनाउँदै व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदानप्रदानका नयाँ सम्भावना खोज्न सक्रिय रहने बताउनुभएको छ। भेटमा दुवै पक्षले मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने विषयमा पनि कुराकानी गरेका छन्।

स्रोत

सम्बन्धित समाचार