२९ असोज २०८३ English
English

टरिगाउँ र रारा विमानस्थल विस्तारको अध्ययन अघि बढाउन निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
टरिगाउँ र रारा विमानस्थल विस्तारको अध्ययन अघि बढाउन निर्देशन

YouTube मा सब्स्क्राइब

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङस्थित टरिगाउँ र मुगुस्थित रारा विमानस्थलको विकास र विस्तारका लागि अध्ययन सुरु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ। बिहीबार मन्त्रालयमा प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै मन्त्री पौडेलले यो निर्देशन दिनुभएको हो। प्राधिकरणका अनुसार मन्त्री पौडेलको नेतृत्वमा असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण भ्रमण गरिएको थियो।

उक्त भ्रमणमा प्राधिकरण र नागरिक उड्डयन क्षेत्रका पदाधिकारी सहभागी थिए। ती विमानस्थलको दीर्घकालीन विकासका लागि चाहिने पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता वृद्धि र सेवा सुधारका उपायबारे विस्तृत अध्ययन गर्न मन्त्रीले भन्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार