खुश्बु ओलीको रिपोर्ट कार्ड: कानुन निर्माणमा संसद् कमजोर

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले संसद्को वर्षे अधिवेशन कानुन निर्माणमा प्रभावकारी हुन नसकेको बताउनुभएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो। सत्ता र प्रतिपक्ष दुवै आरोप–प्रत्यारोपमा अल्झिँदा जनसरोकारका विषय र कानुनी बहस ओझेलमा परेको ओलीको तर्क छ।
सरकारले पूरै अधिवेशनमा संसद्सँग तालमेल गर्न चासो नदेखाएको आरोप पनि उहाँले लगाउनुभएको छ। आफूले श्रमिकका समस्या, जनजीविका, सार्वजनिक खर्चको निगरानी, नागरिक अधिकार र सरकारको जवाफदेहितालाई प्राथमिकता दिएको उहाँको दाबी छ। इन्धनको मूल्यवृद्धि, मल र ग्यासको आपूर्ति, कृषि अनुदानमा अनियमितता र सवारी आयातमा सम्भावित करछलीबारे सरकारको ध्यानाकर्षण गराएको उहाँले दाबी गर्नुभएको छ।
राइड सेयरिङमा लगाइएको कर र स्वास्थ्य सेवाका विषय पनि संसद्मा आफूले उठाएको उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


