२९ असोज २०८३ English
English

एमालेको थिंक ट्याङ्क इन्स्पायरको वेबसाइट सार्वजनिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एमालेको थिंक ट्याङ्क इन्स्पायरको वेबसाइट सार्वजनिक

YouTube मा सब्स्क्राइब

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल, अर्थात् इन्स्पायरको वेबसाइट बिहीबार सार्वजनिक गर्नुभएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा पढ्न मिल्ने यो वेबसाइटमा अर्थ राजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि र नवप्रवर्तन तथा परराष्ट्र मामिला गरी पाँच विधा छुट्याइएका छन्। इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले देशसामु रहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत र भूराजनीतिक चुनौतीबारे अध्ययन गर्नेछ।

नीति निर्माता र विषयविज्ञलाई एउटै थलोमा जुटाएर प्रतिष्ठानले विभिन्न छलफल चलाउँदै आएको उहाँले बताउनुभएको छ। ज्ञान उत्पादन र रणनीतिक बहसमा सहजीकरण गर्दै लोकतान्त्रिक, समाजवाद उन्मुख राष्ट्रिय विकासको एजेन्डामा योगदान दिने प्रतिष्ठानको लक्ष्य छ। प्रतिष्ठानले यसअघि चलाएका नीतिगत बहसका सामग्री पनि वेबसाइटमा राखिएका छन्।

स्रोत

सम्बन्धित समाचार