१ कात्तिक २०८३ English
English

गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि भारतीय प्रियागोल्ड बिस्कुटको बिक्री वितरणमा रोक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि भारतीय प्रियागोल्ड बिस्कुटको बिक्री वितरणमा रोक
तस्बिर: अनलाइनखबर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेको प्रियागोल्ड बिस्कुटको नेपालमा बिक्री वितरण रोक्न निर्देशन दिएको छ।

बिस्कुटमा गाईवस्तुको दाना (चोक्कर) प्रयोग गरिएको पाइएपछि विभागले यस्तो निर्णय गरेको हो। भारतमा उपभोक्ताले उजुरी गरेपछि त्यहाँ खाद्य सुरक्षा मापदण्ड गम्भीर रूपमा उल्लङ्घन भएको पाइएको थियो।

विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुटको बिक्री वितरण तत्काल रोक्न भनेको छ। यो निर्देशन सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका बिस्कुटमा लागू हुन्छ।

विभागले बजारमा रहेका बिस्कुट फिर्ता लैजान र त्यसको रेकर्ड राख्न पनि निर्देशन दिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार