२९ असोज २०८३ English
English

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको हरित युरिया कारखाना खोल्न सरकारद्वारा प्रस्ताव आह्वान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
वार्षिक ५ लाख मेट्रिक टन क्षमताको हरित युरिया कारखाना खोल्न सरकारद्वारा प्रस्ताव आह्वान
तस्बिर: अनलाइनखबर

सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया मल उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको हरित युरिया प्लान्ट स्थापना गर्न इच्छुक पक्षसँग प्रस्ताव आह्वान गरेको हो।

नेपालले हालसम्म आवश्यक रासायनिक मल आयातमार्फत पूर्ति गर्दै आएको छ। मन्त्रालयले देशभित्रै युरिया उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापनाका लागि प्रस्ताव माग गरेको हो।

प्रस्ताव आह्वानसँगै हरित युरिया उद्योग स्थापनाको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रस्तावित प्लान्ट व्यावसायिक रूपमा सञ्चालन हुने गरी स्थापना गरिने मन्त्रालयले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार