३० असोज २०८३ English
English

बूढीगण्डकी बाढीले अवरुद्ध सडक पाँच दिनपछि आंशिक रूपमा खुल्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढीले अवरुद्ध सडक पाँच दिनपछि आंशिक रूपमा खुल्यो

YouTube मा सब्स्क्राइब

गोरखाको बूढीगण्डकीमा आएको बाढीले अवरुद्ध बनाएको धार्चे गाउँपालिका–२ को बाटो पाँच दिनपछि आंशिक रूपमा खुलेको छ। आइतबारको बाढीले खानीबेँसी, माछाखोला, खोर्लाबेँसी र दोभानका झोलुङ्गे पुल तथा बेलिब्रिज बगाएपछि केरौँजा र रुन्चेतका बासिन्दाको आवतजावत रोकिएको थियो। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार गाउँपालिकाको आह्वानमा करिब ५० जना स्थानीय युवाले मङ्गलबारदेखि लगातार तीन दिन काम गरेर बाटो खोलेका हुन्।

केरौँजा, केरौँजाबेँसी र रुन्चेतका युवाले बाढीले थुपारेको लेदो हटाउने, ठाउँठाउँमा मुढा तेर्स्याउने र भर्‍याङ राख्ने काम गरेका छन्। बाटो खुलेपछि बीचमा रोकिएका करिब १ सय जना भर्‍याङ र डोरीको सहायताले गाउँ पुगेको अध्यक्ष गुरुङले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार