राष्ट्रपतिद्वारा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, एक विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार उनले यी अध्यादेश नेपालको संविधानको धारा ११४ बमोजिम जारी गरेका हुन्।
जारी भएका अध्यादेश हुन्: नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३।
राष्ट्रपति पौडेलले शुक्रबारै राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेका छन्।
संसद् अधिवेशन अन्त्य भएको एक साताभित्र पाँचवटा अध्यादेश जारी भएका छन् र एउटा विधेयक प्रमाणीकरण भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


