३० असोज २०८३ English
English

अध्यादेशपछि रिक्त पदमा ६११ जनाको नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अध्यादेशपछि रिक्त पदमा ६११ जनाको नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
तस्बिर: रातोपाटी

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न निकायमा रिक्त पदमा ६११ जनालाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यो जानकारी दिएको हो।

यी नियुक्ति ८० सार्वजनिक निकायमा भएका हुन्। गत वैशाखको तेस्रो साता अध्यादेशका कारण पद गुमाएकाहरूको ठाउँमा नियुक्ति गरिएको हो। तर खाली भएकामध्ये आधाभन्दा बढी पद अझै रिक्त छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका पछिल्ला सात दिनका कामको विवरण पनि सार्वजनिक गरेको छ। विवरणमा सार्वजनिक प्रशासन, कर्मचारी अनुशासन, सार्वजनिक खरिद, सरकारी सेवा प्रवाह र विपद् व्यवस्थापनसम्बन्धी कामहरू समेटिएका छन्।

कार्यालयका अनुसार यस अवधिमा ७१४ कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिइएको छ। साथै पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार