३० असोज २०८३ English
English

मन्त्रिपरिषद्का अन्य निर्णय: बूढीगण्डकी प्राधिकरण र रोजगार विधेयक तर्जुमा, अपाङ्गता ऐन संशोधन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मन्त्रिपरिषद्का अन्य निर्णय: बूढीगण्डकी प्राधिकरण र रोजगार विधेयक तर्जुमा, अपाङ्गता ऐन संशोधन

YouTube मा सब्स्क्राइब

मन्त्रिपरिषद्ले बूढीगण्डकी विकास प्राधिकरण विधेयक र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले कुल १३ वटा निर्णय गरेको छ। अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्ने विधेयक संघीय संसद्मा पेस गर्न बैठकले स्वीकृति दिएको छ।

पशु वधशाला र मासु जाँच ऐन, २०५५ संशोधन विधेयक पनि संसद्मा लैजान स्वीकृति पाएको छ। बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोकेको छ। जापान सरकारबाट आउने २९ करोड ८० लाख जापानी येन बराबरको आपत्कालीन अनुदान र जर्मनीबाट आउने २ करोड युरो अनुदान स्वीकार गर्ने निर्णय पनि भएको छ।

नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ र दाना पदार्थ (दोस्रो संशोधन) नियमावली स्वीकृत भएका छन्। आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षण प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइने भएको छ। बैठकले बाढीप्रभावित गोरखा, धादिङ र बागलुङका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ।

बैठकका निर्णय सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सार्वजनिक गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार