९ कात्तिक २०८३ English
English

दसैँपछि काठमाडौँ फर्कनेको लर्को, बीपी राजमार्गमा सवारी चाप

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँपछि काठमाडौँ फर्कनेको लर्को, बीपी राजमार्गमा सवारी चाप

YouTube मा सब्स्क्राइब

दसैँ बिदा सकिएसँगै गाउँघर गएका मानिसहरू ठूलो सङ्ख्यामा काठमाडौँ उपत्यका फर्कन थालेका छन्। सोमबारदेखि सरकारी कार्यालय नियमित रूपमा खुल्ने भएकाले उपत्यका भित्रिने यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। नागढुङ्गा, कलङ्की, बालाजु, कोटेश्वर र बल्खुजस्ता प्रमुख नाका तथा यातायात केन्द्रमा यात्रु र सवारीसाधनको भीड देखिएको छ।

नयाँ बसपार्क क्षेत्रमा पनि गाडी र फर्कने यात्रुको सङ्ख्या बढेको छ। दसैँका बेला धेरै बासिन्दा घर गएपछि केही दिन सुनसान बनेको उपत्यकामा फेरि चहलपहल सुरु भएको छ। दैनिक गतिविधि क्रमशः सुचारु हुँदै जाँदा उपत्यकाभरि सडक र सार्वजनिक यातायातमा चाप बढ्दै गएको छ।

काठमाडौँ जोड्ने बीपी राजमार्गमा पनि घर फर्कनेहरूका कारण सवारी चाप बढेको छ। राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थल सिन्धुलीगढी र सेल्फी डाँडामा पनि भीड बढेको छ। यात्रुहरू त्यहाँ रोकिएर दृश्य हेर्ने, तस्बिर तथा भिडियो खिच्ने र स्थानीय सुन्तला तथा जुनार किन्ने गरेका छन्।

स्रोत

सम्बन्धित समाचार