५ कात्तिक २०८३ English
English

बाँकेको अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी, करिब १ करोड ५६ लाखको क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाँकेको अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी, करिब १ करोड ५६ लाखको क्षति
तस्बिर: नागरिक

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्रको फर्नेस आयल ट्यांकीमा आगलागी भएको छ । आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

लाइनको सर्ट सर्किटका कारण ट्यांकीमा आगलागी भएको बताइएको छ । फर्नेस आयल फलाम इन्जिनमा प्रयोग हुने तेल हो ।

आगलागीमा उद्योगभित्र तेल राखिएको ट्यांकीमा क्षति पुगेको छ । क्षतिको अनुमानित रकम करिब १ करोड ५६ लाख रुपैयाँ रहेको जनाइएको छ ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार