कोशी प्रदेशको विकास खर्च तीन महिनामा ५ प्रतिशत पनि पुगेन

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विकास बजेटको ५ प्रतिशत पनि खर्च गर्न सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरणअनुसार विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च करिब ४ दशमलव ६१ प्रतिशतमा सीमित छ। यही अवधिमा प्रदेशको कुल बजेट खर्च पनि करिब ९ दशमलव ७४ प्रतिशत मात्र पुगेको छ। आम्दानीतर्फ भने प्रदेशको अवस्था सन्तोषजनक छ, तीन महिनामा करिब ८ अर्ब ४३ करोड रुपैयाँ राजस्व तथा आम्दानी प्राप्त भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

