१२ कात्तिक २०८३ English
English

पहिलो त्रैमासमा १६ अर्ब २३ करोडको वैदेशिक लगानी स्वीकृत, प्रतिबद्धता घट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिलो त्रैमासमा १६ अर्ब २३ करोडको वैदेशिक लगानी स्वीकृत, प्रतिबद्धता घट्यो

YouTube मा सब्स्क्राइब

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम भएको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म करिब १६ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिबद्धता झन्डै ३५ अर्ब १३ करोड रुपैयाँ थियो।

यसरी प्रतिबद्धता करिब १८ अर्ब ९० करोड रुपैयाँले घटेको छ। विभागको तथ्याङ्कअनुसार यो अवधिमा ४२२ उद्योग दर्ता भएका छन्, जसमध्ये ४१० स्वचालित मार्ग अर्थात् अटोमेटिक रुटबाट र १२ स्वीकृति प्रक्रियाबाट आएका छन्। असोज महिनामा मात्रै ९४ उद्योग दर्ता भई करिब ५ अर्ब १० करोड रुपैयाँ स्वीकृत भएको छ।

असोजमा दर्ता भएकामध्ये ८८ उद्योग अटोमेटिक रुटबाट आएका छन्। कुल दर्ता भएकामध्ये ४१७ साना, दुई मझौला र तीन ठूला उद्योग छन्। सङ्ख्याका हिसाबले यस वर्ष सूचना प्रविधिका २५२ उद्योग दर्ता भएका छन्।

रकमका हिसाबले पर्यटन क्षेत्रमा करिब ६ अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार