१३ कात्तिक २०८३ English
English

निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले एन–प्याब्सनलाई निलम्बन गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले एन–प्याब्सनलाई निलम्बन गर्‍यो
तस्बिर: इमेजखबर

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो।

जारी सूचनामा मन्त्रालयले बारम्बार दिएको निर्देशन पालना नगरेको र संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका कार्य गरेको उल्लेख छ। निलम्बनसँगै अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक लगाइएको छ।

एन–प्याब्सन निजी विद्यालय सञ्चालकहरूको संस्था हो।

निलम्बनपछि संस्थाका अध्यक्ष सुवास न्यौपानेले संगठन विधिसम्मत र राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत दर्ता भएर सञ्चालनमा रहेको बताएका छन्। उनले संस्थाभित्रको आन्तरिक विवाद र भद्र सहमति पालना नहुँदा निलम्बनको स्थिति आएको बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार