राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दुई वटा अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यी अध्यादेश जारी गरिएका हुन्।
जारी भएका अध्यादेशमा 'वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३' र 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३' छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले अध्यादेश जारी भएको जानकारी दिएका छन्।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। त्यसमध्ये दुई वटा अध्यादेश जारी भएका हुन्।
अध्यादेश जारी भएपछि मन्त्री रावलले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न रहेको कानुनी अड्चन हटेको बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


