१३ कात्तिक २०८३ English
English

पत्रकार विश्वमणि सुवेदी बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार विश्वमणि सुवेदी बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट पक्राउ
तस्बिर: इमेजखबर

प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले शुक्रबार बानेश्वरस्थित कार्यालयबाट नियन्त्रणमा लिएको हो।

नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलका अनुसार प्रहरी कार्यालयभित्रै प्रवेश गरेर सुवेदीलाई पक्राउ गरिएको हो। नेपाल प्रेसले प्रहरीले समाचार कक्षमा पसेर पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई पक्राउ गरेको जनाएको छ।

साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको समाचारहरूमा उल्लेख छ।

पक्राउसम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार