२८ असोज २०८३ English
English

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी
तस्बिर: रातोपाटी

विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकिएको छ। बुधबार चार-चार जनाको सुनुवाइ भएसँगै संसदीय सुनुवाइ समितिमा सबै प्रस्तावित राजदूतको सुनुवाइ पूरा भएको हो।

सुनुवाइ प्रक्रिया पूरा भए पनि उनीहरूको नियुक्ति अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे संसदीय सुनुवाइ समितिले निर्णय गर्न बाँकी छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो।

सुनुवाइका क्रममा साउदी अरब, जापान र मलेसियाका लागि प्रस्तावित राजदूतबारे नैतिक आचरणको प्रश्न उठेकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार