२१ असोज २०८३ English
English

दसैँमा पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ बनाउँदै पर्यटन बोर्ड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ बनाउँदै पर्यटन बोर्ड

YouTube मा सब्स्क्राइब

नेपाल पर्यटन बोर्डले दसैँका अवसरमा देशका विभिन्न पर्यटकीय गन्तव्यमा परम्परागत लिङ्गे पिङ बनाएर सञ्चालन गर्ने भएको छ। कार्यक्रमको जिम्मा बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले लिएको छ। महाशाखाले काठमाडौँ उपत्यकाका साथै देशका अन्य लोकप्रिय गन्तव्यमा स्थानीय तह र पर्यटन संस्थासँग मिलेर पिङ हाल्ने तयारी गरेको छ।

यसका लागि बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र चाँगुनारायण नगरपालिकासँग सहकार्य गरेको छ। भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल पनि सहकार्यमा छन्। होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ र प्रदेशस्तरका होटल तथा पर्यटन व्यवसायी संस्थासमेत यसमा सहभागी छन्।

सम्झौताअनुसार पर्यटक धेरै आउजाउ गर्ने ठाउँलाई प्राथमिकता दिइनेछ। बनाइएका पिङ दसैँको पूरै अवधि सञ्चालनमा रहनेछन्। मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई सांस्कृतिक पर्यटनसँग जोड्ने लक्ष्यले कार्यक्रम अघि सारिएको बोर्डले जनाएको छ।

यस वर्ष दसैँ असोज २५ गते घटस्थापनाबाट सुरु हुँदै छ।

स्रोत

सम्बन्धित समाचार