दाङमा बसको ठक्करबाट लुम्बिनी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङको लमहीमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका–१ सुण्डबरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी ५० वर्षीय चेतबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटना हुँदा केसी मोटरसाइकलमा सवार थिए। उनी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए।
घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याएको थियो। तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


