२१ असोज २०८३ English
English

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर

YouTube मा सब्स्क्राइब

विराट व्यापार संघको आयोजनामा विराटनगरमा असोज २२ देखि ३० गतेसम्म ९ दिन ‘विराट ट्रेड फेयर’ सञ्चालन हुने भएको छ। संघले मङ्गलबार पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। दोस्रो संस्करणका रूपमा हुन लागेको यो मेला विराटनगर महानगरपालिकाको जैन भवनमा हुनेछ।

मेलामा करिब १०० देखि १५० वटासम्म स्टल रहने बताइएको छ। नेपालसँगै भारत, बङ्गलादेश र पाकिस्तानका व्यवसायीका स्टल पनि रहने आयोजकले जनाएको छ। खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, अटोमोबाइल, फर्निचर र कृषि उत्पादन बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिने बताइएको छ।

आयोजकले करिब १६ करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको छ। करिब एक लाखदेखि एक लाख २५ हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा छ। मेला सञ्चालनमा करिब ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

चाडपर्वको किनमेलका लागि सीमापारि भारतीय बजार जाने प्रवृत्ति घटाउन र सुस्त स्थानीय बजार चलायमान बनाउन मेला आयोजना गरिएको संघका अध्यक्ष प्रमोद अग्रवाल ‘जिन्दल’ले बताउनुभएको छ। मेलामा सांस्कृतिक प्रस्तुति, फुड स्टल, बालबालिकाका लागि मनोरञ्जनस्थल, रोबोट प्रदर्शन र सेल्फी जोन पनि रहनेछन्।

स्रोत

सम्बन्धित समाचार