२४ असोज २०८३ English
English

करदाता प्रोत्साहन कार्यक्रममा बिल दिने विक्रेतालाई पनि नगद उपहार दिन अर्थमन्त्रीको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
करदाता प्रोत्साहन कार्यक्रममा बिल दिने विक्रेतालाई पनि नगद उपहार दिन अर्थमन्त्रीको निर्देशन

YouTube मा सब्स्क्राइब

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत बिल जारी गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको राजस्व समीक्षा बैठकमा उहाँले आन्तरिक राजस्व विभागलाई कार्यविधि संशोधनको प्रस्ताव ल्याउन भन्नुभएको हो।

उपभोक्तामा बिल लिने बानी बढे पनि व्यापारी बिल काट्न हिचकिचाएको गुनासो आएकाले विक्रेतालाई पनि प्रोत्साहन आवश्यक रहेको मन्त्री वाग्लेले बताउनुभएको छ। औपचारिक अर्थतन्त्र बनाउने उद्देश्यले सरकारले यही आर्थिक वर्षदेखि बिल लिने उपभोक्तालाई नगद पुरस्कार दिँदै आएको छ। साउन १ गतेदेखि सुरु भएको कार्यक्रममा बिल नम्बरका आधारमा दैनिक एक जनालाई करिब १ लाख ३४ हजार रुपैयाँ दिइँदै आएको छ।

यो कार्यक्रमले बिल लिने संस्कार बढाएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुर्‍याएको देखिएपछि विक्रेतालाई पनि समेट्न खोजिएको हो। राजस्व परामर्श समितिको बैठकमा मन्त्री वाग्लेले बजेटको ठूलो राजस्व लक्ष्य भेट्न बक्यौता असुली प्रभावकारी बनाउनुपर्ने र चुहावट पूर्ण रूपमा रोक्नुपर्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार