२४ असोज २०८३ English
English

नेप्से दोहोरो अंकले उकालो, सबै उपसमूह हरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेप्से दोहोरो अंकले उकालो, सबै उपसमूह हरियो

YouTube मा सब्स्क्राइब

सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से करिब १७ अंकको वृद्धिसँगै झन्डै २ हजार ५९२ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब ४ अंक बढेर झन्डै ४६६ बिन्दुमा पुगेको छ।

फ्लोट र सेन्सेटिभ फ्लोट सूचक पनि करिब डेढ अंकका दरले उकालो लागेका छन्। बजारका सबै उपसमूहका सूचक बढेका छन्, जसमा बैंक समूह करिब सवा १ प्रतिशतले उक्लिएको छ। शुक्रबार करिब १ करोड २९ लाख कित्ता सेयर झन्डै ४ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ।

अघिल्लो दिन बिहीबार कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा कम थियो भने नेप्से करिब २ अंक मात्र बढेको थियो। आज मूल्य बढ्ने कम्पनीको सङ्ख्या घट्ने कम्पनीको तुलनामा करिब दोब्बर छ। केही कम्पनीको मूल्य भने स्थिर रहेको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरका लगानीकर्ता लाभमा रहेका छन्। कुथेली बुखरीको सेयर मूल्य झन्डै ५ प्रतिशतले बढेको छ। बजार उकालो लागेको दिन पनि रिज लाइन इनर्जीको सेयर करिब ८ प्रतिशतले घटेको छ।

स्रोत

सम्बन्धित समाचार