२४ असोज २०८३ English
English

लगानी बोर्डद्वारा नार खोला र सानी भेरी–३ जलविद्युत्मा करिब २१ अर्ब लगानी स्वीकृत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लगानी बोर्डद्वारा नार खोला र सानी भेरी–३ जलविद्युत्मा करिब २१ अर्ब लगानी स्वीकृत

YouTube मा सब्स्क्राइब

लगानी बोर्डले दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा करिब २१ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६८औँ बैठकले यस्तो निर्णय गरेको हो। बोर्डका अनुसार झन्डै ५९ मेगावाटको नार खोला आयोजनाको लागत करिब १० अर्ब ७५ करोड रुपैयाँ छ।

करिब ४७ मेगावाटको सानी भेरी–३ आयोजनामा झन्डै १० अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान छ। बैठकले ९०० मेगावाटको अरुण–३ आयोजनाबाट सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गराउने निर्णय गरेको छ। उत्तिकै क्षमताको माथिल्लो कर्णाली आयोजनाको निर्माण विकास सम्झौताअनुसार तत्काल अघि बढाउन सहजीकरण गरिने बोर्डले जनाएको छ।

माथिल्लो कर्णालीको परियोजना विकास सम्झौता २०७१ असोजमा भएको थियो। बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्ता सेवामा सहजीकरणका लागि थप अधिकार दिइएको छ।

स्रोत

सम्बन्धित समाचार