२१ असोज २०८३ English
English

ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहितको उच्चस्तरीय समिति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहितको उच्चस्तरीय समिति

YouTube मा सब्स्क्राइब

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रका आयोजनामा देखिएका अवरोध फुकाउन निजी क्षेत्रसमेत सहभागी उच्चस्तरीय समिति बनाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सहजीकरण र आयोजना कार्यान्वयनका समस्या समाधान गर्ने उद्देश्यले समिति गठन गर्नुभएको हो। समितिको संयोजकमा मन्त्रालयको ऊर्जा महाशाखा प्रमुख, सहसचिव सुनिल पौडेल तोकिनुभएको छ।

मन्त्रालयकै कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराई समितिमा सदस्य हुनुहुन्छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र विद्युत् विकास विभागका उपमहानिर्देशक पनि सदस्य हुनुहुन्छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल अर्थात् इप्पानबाट नरेन्द्रबल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्यलाई सदस्य बनाइएको मन्त्रीको सचिवालयले जनाएको छ।

इन्जिनियर शिरिष पाण्डे पनि समितिको सदस्य हुनुहुन्छ। सदस्यसचिवको जिम्मेवारी मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवर्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई दिइएको छ। समितिले ऊर्जा आयोजनामा देखिने नीतिगत, कानुनी र कार्यान्वयनगत जटिलता पहिचान गर्नेछ।

मन्त्री श्रेष्ठले यसअघि पनि मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण मातहत विभिन्न समिति गठन गरिसक्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार