गुल्मीका छ ठाउँका सामुदायिक होमस्टे पर्यटकको रोजाइमा

गुल्मी जिल्लाका ६ स्थानमा स्थानीय समुदायले सञ्चालन गरेका होमस्टे पर्यटकको रोजाइमा पर्न थालेका छन्। शीतल मौसम, स्थानीय परिकार र कला संस्कृतिका कारण ग्रामीण भेगका यी होमस्टेले छुट्टै पहिचान बनाएका छन्। सत्यवती गाउँपालिका–८ भार्सेमा रहेको रानीवन सामुदायिक होमस्टे ८ वर्षदेखि सञ्चालनमा छ।
यसमा १४ महिला र ३ पुरुष आबद्ध छन् भने करिब २० लाख रुपैयाँ लगानी भएको छ। एकपटकमा करिब ५० जनासम्म पाहुना राख्न सकिने क्षमता छ। होमस्टेमा अर्गानिक स्थानीय खानासहितको आवास र मनोरञ्जनको व्यवस्था छ भने नजिकैका पर्यटकीय स्थल पनि घुम्न सकिन्छ।
रुद्रवेणी–वामी सडकखण्डबाट १७ किलोमिटर कच्ची सडकको उकालो पार गरेपछि यो होमस्टे पुगिन्छ। जिल्लामा ठुलोलुम्पेक, भुर्तुङको धुवाँखोला, टिमुरेको रेमी, स्वाँरा र रेसुंगा होमस्टे पनि सञ्चालनमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
