पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष

कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालमा सघन उपचार शय्याको सङ्ख्या ३५ पुगेको छ। यसअघि अस्पतालमा १० शय्याको आईसीयू सञ्चालनमा थियो।
प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलका अनुसार नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आईसीयू छन्। प्रतिष्ठानले करिब एक करोड रुपैयाँ थप लगानी गरेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो।
आईसीयूमा बिरामीको चाप बढ्दै गएका बेला अतिरिक्त कक्ष र शय्या थपिएको निर्देशक पोखरेलले बताउनुभएको छ। यो अस्पताल गण्डकी प्रदेशकै सुविधासम्पन्न सरकारी अस्पताल हो। प्रदेशका ११ वटै जिल्लाका साथै बाहिरका जिल्लाबाट पनि यहाँ बिरामी आउने गरेका छन्।
अस्पतालले दैनिक करिब दुई हजार बिरामीलाई सेवा दिइरहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

