३ कात्तिक २०८३ English
English

कर्णाली करिडोरको खार्पुमा स्टिल ट्रस मोटरेबल पुल बनिसक्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कर्णाली करिडोरको खार्पुमा स्टिल ट्रस मोटरेबल पुल बनिसक्यो

YouTube मा सब्स्क्राइब

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुस्थित दोजाममा कर्णाली नदीमाथि बनाइएको स्टिल ट्रस मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। यो पुल कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक योजनाले बनाउन लगाएको हो। योजनाका इन्जिनियर कुशल भुसालका अनुसार स्वच्छन्द माउण्ट पुमरी जेभी, नुवाकोटले सम्झौता भएको साढे चार वर्षपछि काम सकेको हो।

योजनाले पटकपटक ताकेता गरेपछि कम्पनीले बिहानदेखि साँझ नपर्दासम्म काम गरेर थपिएको म्यादभित्र निर्माण पूरा गरेको हो। पुलका दुवैतर्फका संरचना बनिसकेका छन् भने आवश्यक स्टिल पार्ट जडान पनि सकिएको छ। नदीको कटानबाट पुल जोगाउन दुवैतर्फ ग्याबिन लगाउने काम पनि पूरा भएको छ।

स्रोत

सम्बन्धित समाचार