भोजपुरको दुर्गम टेम्केमैयुङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ। लामो समयदेखि बिजुलीको पर्खाइमा रहेका घरघरमा अहिले बत्ती बल्न थालेको छ। भौगोलिक हिसाबले फराकिलो यो वडाका विभिन्न बस्तीका बासिन्दा अब इन्टरनेट र टेलिभिजनमार्फत सूचना तथा सञ्चारसँग जोडिन थालेका छन्।
यसअघि बिजुलीको अभावले यी बस्तीका नागरिक सूचना र सञ्चारको पहुँचबाट टाढा थिए। बिजुली नहुँदा पहिले बालबालिकाको पढाइ र स्थानीय उत्पादनको कुटानीपिसानीमा अप्ठ्यारो पर्ने गरेको स्थानीयवासी बलबहादुर राईले बताउनुभएको छ। उहाँका अनुसार अहिले बालबालिकाको अध्ययन, घरायसी काम र साना उद्योग सञ्चालन सजिलो भएको छ।
वडाध्यक्ष सूर्यप्रसाद नेपालले विद्युत् विस्तारलाई प्राथमिकतामा राख्दा सीमित बजेटबाट पनि नतिजा निकाल्न सकिएको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

