१२ असोज २०८३ English
English

सँगै रिलिज भएका तीन नेपाली चलचित्रको दस दिने कमाइ सार्वजनिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सँगै रिलिज भएका तीन नेपाली चलचित्रको दस दिने कमाइ सार्वजनिक

YouTube मा सब्स्क्राइब

असोज २ गते एकसाथ प्रदर्शनमा आएका तीन नेपाली चलचित्रमध्ये 'झिंगेदाउ २' ले बक्स अफिसमा स्पष्ट अग्रता लिएको छ। चलचित्र विकास बोर्डले असोज ११ गते आइतबारसम्मको दस दिने व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो। बोर्डका अनुसार 'झिंगेदाउ २' ले करिब १ करोड ३४ लाख रुपैयाँ कुल कमाइ गरेको छ।

यसका झन्डै ४४ हजार टिकट बिक्री भएका छन् र यो तीनमध्ये एक करोड रुपैयाँ नाघ्ने एक्लो चलचित्र बनेको छ। जितु नेपाल मुख्य भूमिकामा रहेको र राजेन्द्र बस्नेतले निर्देशन गरेको 'कार्की साइँला' ले सोही अवधिमा करिब ५ लाख ७८ हजार रुपैयाँ कमाएको छ। यसका करिब १ हजार ७ सय टिकट बिकेका छन्।

राजु अधिकारीको निर्देशनमा बनेको 'माया बस्छ कि के हो' को कमाइ करिब २३ हजार ६ सय रुपैयाँमा सीमित छ। बोर्डको विवरणअनुसार यसका सयभन्दा कम टिकट बिक्री भएका छन्। अध्ययन र रोजगारीका लागि विदेश पुगेका युवायुवतीको प्रेम, समर्पण र मतभेदमा आधारित यस चलचित्रमा सोनाल, कस्मता, नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना र तारा शर्मालगायतको अभिनय छ।

अन्य चलचित्रमध्ये 'गौथली' ले झन्डै २६ करोड रुपैयाँ र 'पेन्सन पट्टा' ले झन्डै ७ करोड रुपैयाँ कमाइसकेका छन्।

स्रोत

सम्बन्धित समाचार