१२ असोज २०८३ English
English

बाढीले बगाएको गैँडा चितवनबाट सुस्ता पुग्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीले बगाएको गैँडा चितवनबाट सुस्ता पुग्यो

YouTube मा सब्स्क्राइब

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट बाढीमा परेको एउटा गैँडा नारायणी नदी हुँदै नवलपरासीको सुस्ता पुगेको छ। करिब पाँच वर्ष उमेरको उक्त गैँडा आज बिहान सुस्ता गाउँपालिका–४ मा देखिएको हो। सूचना पाउनासाथ निगरानी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभएको छ।

गैँडाको रेकी भइरहेको र उद्धार गरी फिर्ता ल्याउने तयारी भएको उहाँले बताउनुभएको छ। सुस्ता पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले गैँडालाई डार्ट हानेर बेहोस बनाई डुंगा वा भारतीय सडकबाट ल्याउनुपर्ने उहाँको भनाइ छ। शनिबार र आइतबार नारायणीमा आएको बाढीले तटीय क्षेत्रबाट गैँडा बगाएको हो।

बाढीले अन्य गैँडासहित वन्यजन्तुलाई पनि भारतसम्म पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीमा धेरै गैँडा सुस्ता हुँदै भारत पुगेका थिए। निकुञ्जका अनुसार चितवनमा झन्डै ७ सय गैँडा छन्।

स्रोत

सम्बन्धित समाचार