१९ असोज २०८३ English
English

२८ वर्षअघि चोरी भएको लिच्छविकालीन काली भैरवको मूर्ति खोज्न पहल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
२८ वर्षअघि चोरी भएको लिच्छविकालीन काली भैरवको मूर्ति खोज्न पहल

YouTube मा सब्स्क्राइब

गोकर्ण नगरपालिका–४ स्थित उत्तर गया धामबाट २८ वर्षअघि चोरी भएको दुर्लभ लिच्छविकालीन काली भैरवको मूर्ति खोज्न स्थानीय जनप्रतिनिधिले पहल सुरु गरेका छन्। इमेज च्यानलमा प्रत्येक मङ्गलबार आउने 'लुकेको इतिहास : सत्यको खोजी' नामक कार्यक्रमका टोलीसँग स्थानीय जनप्रतिनिधि र सरोकारवालाले मूर्ति खोजीमा पहल गर्न आग्रह गरेका छन्। कार्यक्रमका प्रस्तोता यादवलाल कायस्थसहितको टोली मूर्तिको खोजीका क्रममा उत्तर गया धाम पुगेको थियो।

टोली पुग्ने खबर पाएपछि नगरपालिकाका मेयर, उपमेयर, वडा नम्बर ४ का अध्यक्ष र सदस्य, स्थानीय बासिन्दा तथा सम्पदाप्रेमी त्यहाँ भेला भएका थिए। प्रस्तोता कायस्थले सम्बन्धित निकाय र सरोकारवालासँग छलफल तथा सोधपुछ गरेर मूर्ति सकेसम्म छिटो फिर्ता ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। लामो समयदेखि बेपत्ता मूर्ति पुनः फेला पर्ने आशा स्थानीयवासी र सम्पदाप्रेमीले व्यक्त गरेका छन्।

स्रोत

सम्बन्धित समाचार