नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हिमालयन बुटोह महोत्सव हुने

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हिमालयन बुटोह महोत्सव आयोजना हुने भएको छ। आयोजकका अनुसार ३ दिनसम्म चल्ने महोत्सव असोज ३० देखि कार्तिक १ गतेसम्म पोखरामा हुनेछ। महोत्सवमा ७ देशका कलाकारले आफ्ना प्रस्तुति देखाउनेछन्।
अदृश्य आर्ट्सले प्रस्तुत गर्ने यो महोत्सव आर्ट घर र सद्भाव थिएटर नेपालको सहकार्यमा हुन लागेको हो। किरण चापागाईं, केदारनाथ पौडेल, भीष्म राज जोशी र राम के.ए.सी.ले महोत्सवको नेतृत्व गर्ने आयोजकले जनाएका छन्। बुटोह जापानमा विकसित प्रयोगात्मक नृत्य रङ्गमञ्च तथा शारीरिक रङ्गमञ्चको शैली हो।
यसमा कुनै एउटा तोकिएको शैली वा कथाको ढाँचा हुँदैन। कलाकारले शरीरको चाल, मौनता, समय, संवेदना र भौतिक उपस्थितिमार्फत मानिसको भित्री भावना र अस्तित्वसम्बन्धी प्रश्न व्यक्त गर्छन्। यो कलाको सुरुवात दोस्रो विश्वयुद्धपछि जापानमा भएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

