विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार काठमाडौँमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ अर्थात् क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीले टोलीलाई बिदा गर्नुभएको हो। समारोहमा अध्यक्ष चन्दले खेलाडीहरू अहिले राम्रो लयमा रहेकाले नेपालले शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।
उहाँले टोलीलाई बधाई र शुभकामना पनि दिनुभएको छ। यसपटकको चरणमा नेपालले आयोजक ओमान र क्यानडासँग दुई–दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ। तालिकाअनुसार नेपालले असोज २५ गते पहिलो खेलमा क्यानडाको सामना गर्नेछ।
असोज २७ गते नेपाल र आयोजक ओमान आमनेसामने हुनेछन्। असोज ३१ गते नेपालले दोस्रो पटक क्यानडाविरुद्ध खेल्नेछ। शृङ्खलाको अन्तिम खेलमा कात्तिक २ गते नेपाल फेरि ओमानसँग भिड्नेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
