१८ असोज २०८३ English
English

दसैँ नजिकिँदा काठमाडौँका खुला बजारमा ग्राहकको भीड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ नजिकिँदा काठमाडौँका खुला बजारमा ग्राहकको भीड

YouTube मा सब्स्क्राइब

बडादसैँ नजिकिँदै गर्दा काठमाडौँको भृकुटीमण्डपलगायतका खुला बजारमा किनमेल गर्न आउने ग्राहकको चाप बढेको छ। परिवार, आफन्त र बालबालिकाका लागि नयाँ लुगा किन्न पुग्नेको सङ्ख्या बढेपछि व्यापारीहरू व्यस्त भएका छन्। भृकुटीमण्डपस्थित खुला बजारका फेन्सी पसलका व्यापारी अशोक खतिवडाका अनुसार केही दिनदेखि बजारमा ग्राहकको आवतजावत बढ्न थालेको छ।

ग्राहकहरू कपडा छान्दै र मूल्य सोध्दै आफूलाई चाहिने सामान किन्न व्यस्त रहेको उहाँले बताउनुभएको छ। बालबालिका, युवा र ज्येष्ठ नागरिकका लागि कपडा खोज्ने ग्राहक उल्लेख्य रूपमा थपिएको उहाँको भनाइ छ। उहाँका अनुसार दसैँ नजिकिँदै जाँदा कपडा किन्नेको सङ्ख्या दिनदिनै बढिरहेको छ र आज बिहानदेखि बजारमा पहिलेभन्दा धेरै भीड देखिएको छ।

स्रोत

सम्बन्धित समाचार