१८ असोज २०८३ English
English

शिव परियार र समीक्षा अधिकारीको अमेरिका दसैँ–तिहार टुर सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
शिव परियार र समीक्षा अधिकारीको अमेरिका दसैँ–तिहार टुर सुरु

YouTube मा सब्स्क्राइब

गायक शिव परियार र गायिका समीक्षा अधिकारीले दसैँको अवसरमा अमेरिकाका एक दर्जन सहरमा सांगीतिक प्रस्तुति दिने गरी टुर सुरु गर्नुभएको छ। 'दसैँ तिहार धमाका युएसए टुर' नाम दिइएको यो शृङ्खलाका कार्यक्रम अमेरिकाको पूर्वी भागदेखि पश्चिमसम्मका सहरमा आयोजना हुनेछन्। भर्जिनियामा रहेको थ्री-ई इन्टरटेनमेन्टले आयोजना गरेको यो टुर करिब डेढ महिनासम्म चल्ने जनाइएको छ।

दुवै कलाकार पी-३ श्रेणीको भिसामा अमेरिका पुग्नुभएको उल्लेख छ। टुरअन्तर्गत उहाँहरूले शुक्रबार, २ अक्टोबरमा एक्रोन र शनिबार, ३ अक्टोबरमा कोलम्बसमा प्रस्तुति दिइसक्नुभएको छ। आज आइतबार न्युयोर्क सहरमा हुने कार्यक्रममा दुवै कलाकार मञ्चमा उत्रिने तालिका छ।

यो टुरको आयोजना एक वर्षअघिदेखि नै तयारीमा थियो। रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि टुरबाट उठ्ने रकम बाढी प्रभावितका लागि छुट्याउने निर्णय गरिएको हो। आयोजक संस्थाका अध्यक्ष सुरेश सापकोटाको पहलमा टुरबाट सङ्कलित ५०० अमेरिकी डलरसम्मको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने भएको छ।

स्रोत

सम्बन्धित समाचार