१० असोज २०८३ English
English

विश्व मुटु दिवस: स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने बागमती मुख्यमन्त्रीको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्व मुटु दिवस: स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने बागमती मुख्यमन्त्रीको प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन प्रदेश सरकारले प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विश्व मुटु दिवसको अवसर पारेर आज आश्विन १० गते शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यस्तो बताउनुभएको हो। नागरिक स्वस्थ नभई देशको विकास सम्भव नहुने भन्दै उहाँले आफ्नो सरकारले स्वास्थ्य र शिक्षा दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री थापाका अनुसार प्रदेश सरकारले बागमती प्रदेशभित्रका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवाको विस्तार गरेको छ। त्यसका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनसम्बन्धी कार्यक्रम पनि सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी हुनुपर्ने बताउनुभयो।

आर्थिक रूपमा विपन्न वर्गका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्नेमा पूर्वराज्यमन्त्री श्रेष्ठले जोड दिनुभयो। त्यस्तै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले रोग लागेपछि मात्र उपचारमा केन्द्रित हुनुभन्दा रोकथाम र जनचेतनामा बढी ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

यसैबीच जल तथा मौसम विज्ञान विभागले भोलि बागमती प्रदेशमा अधिकांश बादल लाग्ने र थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

स्रोत

सम्बन्धित समाचार