१० असोज २०८३ English
English

झरी थामियो, इलामका चियाबारीमा घाम

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
झरी थामियो, इलामका चियाबारीमा घाम

YouTube मा सब्स्क्राइब

केही दिनदेखि लगातार परेको झरी रोकिएपछि इलामको मौसम खुलेको छ। शनिबार इलाम सदरमुकाम र आसपासका क्षेत्रमा चर्को घाम लागेको छ। लामो वर्षापछि घाम लागेसँगै इलाम बजार र वरपरको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

झरीले भिजेका हरिया चियाबारी, डाँडाकाँडा र खुला आकाशले इलामको दृश्य थप आकर्षक देखिएको छ। लगातारको वर्षाले धुम्मिएको वातावरण सफा भएपछि स्थानीयवासी र आगन्तुकले खुलेको मौसमको आनन्द लिइरहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार भने आज देशभर अधिकांश बादल लाग्नेछ र कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। प्रदेशको तराई भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशकै विराटनगरमा आज वर्षाको सम्भावना ४० प्रतिशत रहेको विभागको पूर्वानुमान छ।

विराटनगरको तापक्रम २७ देखि २९ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ। भोलि कोशी प्रदेशमा साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने विभागको अनुमान छ। भोलि कोशीको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्न सक्ने पनि विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार