पीएचपी सुरक्षा जोखिम: राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी बन्द, बैंकहरूलाई सतर्कता अपनाउन आग्रह

नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले यो कदम चालेको हो।
राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
राष्ट्र बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै बैंक तथा वित्तीय संस्थालाई सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
पीएचपी प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सतर्क भएका छन्। सम्भावित साइबर आक्रमणबाट ग्राहकको विवरण र बैंकिङ प्रणाली जोगाउन ती संस्थाहरूले सुधारको प्रयास भइरहेको सूचना जारी गरेका छन्।
विश्वभर वेबसाइट बनाउन प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विभिन्न देशका सरकारी कार्यालयसहित अन्य सेवाले पनि आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
