१९ असोज २०८३ English
English

५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो
तस्बिर: रातोपाटी

नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थपेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो।

विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको जनाएको छ।

मन्त्री श्रेष्ठले सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने नभई वास्तविक रूपमा निर्माण अघि बढाइरहेका आयोजनालाई सहजीकरण गर्ने नीति लिएको बताएका छन्।

आरसीओडी थपिएसँगै ती आयोजनाबाट ५४० मेगावाट बराबरको विद्युत् उत्पादनको बाटो खुलेको जनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार