५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण, सुकुमबासी समस्या एक हजार दिनभित्र समाधान गर्ने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले हालसम्म देशभर ५ हजार ७३७ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लालपुर्जा वितरणबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहले सात दशकदेखि समाधान हुन नसकेको भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या रास्वपाको चुनावी प्रतिबद्धताअनुसार आगामी एक हजार दिनभित्र सधैँका लागि समाधान गरिने दाबी गरेका छन्। सरकारले यसका लागि नयाँ कार्यविधिसहित काम अघि बढाएको र सुकुमबासी समस्यामुक्त जिल्ला क्रमशः घोषणा गरिने जनाइएको छ।
सोही क्रममा प्रधानमन्त्री शाहले नेपाली कांग्रेसको आलोचना गरेका छन्। कांग्रेसले २०१५ सालको संसदीय निर्वाचनको घोषणापत्रमा भूमिहीन किसानलाई जग्गा वितरण गर्ने लेखे पनि अहिलेसम्म वितरण हुन नसकेको उनको टिप्पणी छ।
दशकौँदेखि यही समस्या समाधान गर्ने भन्दै मत माग्ने र जग्गा तथा लालपुर्जा पाइने आश्वासन दिने गरिए पनि समस्या उस्तै रहेको उनले बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


