२१ कात्तिक २०८३ English
English

देउवाको आरोप: पार्टीको आधिकारिकता विवादमा आर्थिक चलखेल भयो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
देउवाको आरोप: पार्टीको आधिकारिकता विवादमा आर्थिक चलखेल भयो
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

देउवाले १८ करोड रुपैयाँ लेनदेनको दाबीप्रति प्रश्न उठाए। 'इनम सापकोटाले १८ करोड भनेको छ। बा, सानो पैसा हो त्यो?' उनले भने, 'त्यो पैसा दिएर पार्टी किनिदियो। अब पैसामा पार्टी बेच्ने हामीले?'

उनले आफूले सभापति गगन थापालाई नियमित महाधिवेशन छिटो गरौँ भनेको तर आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको बताए। पार्टीको आधिकारिकताको विषयमा अदालतले न्याय दिने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा 'कांग्रेस सभापति तपाईं हो कि गगन?' भन्ने पत्रकारको प्रश्नमा देउवा आक्रोशित बनेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार