२१ कात्तिक २०८३ English
English

एनपीएल: अपराजित लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज आमनेसामने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: अपराजित लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज आमनेसामने
तस्बिर: रातोपाटी

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक मात्र खेल हुँदैछ। खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ।

साविक उपाधि विजेता लुम्बिनी लायन्स यस संस्करणमा अहिलेसम्म अपराजित छ र अंकतालिकाको शीर्ष स्थानमा छ। काठमाण्डु गोर्खाजसामु अपराजित लुम्बिनीलाई रोक्ने चुनौती छ।

काठमाण्डुका लागि यो खेल लुम्बिनीसँग पहिले बेहोरेको हारको बदला लिने अवसर पनि हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार