२१ कात्तिक २०८३ English
English

यमपञ्चक सुरु, आज कागको पूजा गरी काग तिहार मनाइँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यमपञ्चक सुरु, आज कागको पूजा गरी काग तिहार मनाइँदै
तस्बिर: इमेजखबर

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घरघरमा कागको पूजा गरी काग तिहार मनाइँदैछ।

कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा बिहान यमराजको दूतका रूपमा कागलाई मीठा चिजबिज खान दिने प्रचलन छ। सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाइन्छ।

सनातन हिन्दु धर्मअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ। कागले यमराजसमक्ष राम्रो खबर पुर्‍याइदेओस् भन्ने विश्वासका साथ आजका दिन पूजा आराधनासहित कागलाई खाना दिएर खुसी पार्ने गरिन्छ।

प्रत्येक वर्ष काग तिहारको दिनबाट पाँच दिने तिहार सुरु हुन्छ। तिहारलाई उज्यालो र खुसियालीको पर्वका रूपमा लिइन्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार