२० कात्तिक २०८३ English
English

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु
तस्बिर: रातोपाटी

नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकले मिलेर ‘#VisitNepal’ अभियान सुरु गरेका छन्। अभियानको उद्देश्य नेपाललाई विश्व पर्यटन बजारमा चिनाउनु हो।

अभियान शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको हो। यसअन्तर्गत अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरमार्फत टिकटकमा नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिनेछ।

यो सहकार्यले नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने बताइएको छ। सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धन गर्ने यो एउटा महत्त्वपूर्ण सुरुवात भएको आयोजकको भनाइ छ।

अभियानमार्फत नेपाललाई विश्वभरका टिकटक प्रयोगकर्तासामु पुर्‍याउने लक्ष्य राखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार