२१ कात्तिक २०८३ English
English

चाडपर्वमा देशभर सुरक्षा कडा, अवाञ्छित गतिविधि रोक्न आईजीपीको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा देशभर सुरक्षा कडा, अवाञ्छित गतिविधि रोक्न आईजीपीको निर्देशन
तस्बिर: रातोपाटी

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वका समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने निर्देशन दिएका छन्।

उनले चाडपर्वमा हुने चोरी, लुटपाट र पटकाको प्रयोग नियन्त्रण गर्न प्रहरीलाई कडा निर्देशन दिएका हुन्।

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार